काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल तथा उम्मेदवारले आफ्नो निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग गर्न नपाउने गरी कडाइ गरेको छ। धातु, काठ वा अन्य सामग्रीबाट बनेका सक्कली घण्टी, डोजर, खुकुरी जस्ता वस्तु प्रदर्शन गर्दै प्रचार गर्ने कार्य आचारसंहिताविपरीत हुने आयोगले स्पष्ट पारेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी सूचनामा “आम…