काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले निरौला र पाण्डेविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको हो । न्यायपरिषद्ले उच्च अदालतमा न्यायाधीश रहेका निरौँला र पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो ।…