काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका मन्त्री तथा सांसदहरूसँग छलफल गरेका छन । संसद् र सार्वजनिक गतिविधिमा पार्टीका सांसद तथा मन्त्रीहरूको प्रस्तुतिलाई लिएर प्रश्न उठिरहेका बेला लामिछानेले संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन्। बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच देखिएको असमझदारी, संसद्मा सांसद तथा मन्त्रीहरूको प्रस्तुति, संसदीय भूमिका…