काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भूकम्प पीडितलाई आर्थिक सहयोग उपलब्ध गराउन कोष स्थापना गरेको छ । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले देश विदेशमा रहेका पार्टीमा आबद्ध सबै नेता तथा कार्यकर्तालाई कोषमा सहयोग गर्न आग्रह गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर…