७ पुस २०८२, सोमबार | December 23, 2025

मधेशका मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा

काठमाडौं । जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारी युवाहरूले मंगलबार बिहान ढुंगामुढा गरेका छन्। बिहानैदेखि सडकमा उत्रिएका प्रदर्शनकारीले केहीबेरअघि कार्यालयमा ढुंगामुढा प्रहार गरेका हुन्। प्रदर्शनकारी अहिले पनि सडकमा विरोध जारी राखिरहेका छन्। सोमबार देशभर चलेको आन्दोलनका क्रममा १९ जनाले ज्यान गुमाएका छन् ।