५ श्रावण २०८३, मंगलबार | July 22, 2026

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान जारी, आजै नतिजा आउने

दाङ। लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान भैरहेको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि जारी मतदानको नतिजा आजै आउने बताइएको छ । स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता रहेको सो निर्वाचनमा अपरान्ह ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।