मेरा अत्यन्त प्रिय र आत्मीय मित्र हुन मीनेन्द्र रिजाल । प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरुमा हामीले संगै काम गरेका हौं । त्यो आन्दोलनलाई मध्यवर्ती भागतिरै छाडेर बिद्यार्थी नेता मीनेन्द्र रिजाल र अर्का बिद्यार्थी नेता प्रकाशशरण महत अमेरिकातिर लागे शिक्षा आर्जनका लागि । नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको जन–आन्दोलनले देशमा संबैधानिक राजतन्त्र र…