८ असार २०८३, सोमबार | June 22, 2026

बाँके १ बाट खेलकुद मन्त्री गहतराजले गराए उम्मेदवारी दर्ता



नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री अथकले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय अगैयामा ३ बजे पुगेका मन्त्री अथकसहित सत्ता गठबन्धनका उम्मेदवारहरुले ४ः३० बजे उम्मेदवारी दर्ता गराएका थिए । २०७४ सालको संसदीय निर्वाचनमा अथक सोही निर्वाचन क्षेत्रबाट बिजयी भएका थिए ।

उम्मेदवारी दर्ता गर्ने क्रममा सम्बोधन गर्दै मन्त्री अथकले सांसद र मन्त्री हुँदा आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिएको र सबै दल तथा जनप्रतिनिधीसँग सहकार्य गरेर काम गरेको स्मरण गराए । उनले अघिल्लो कार्यकालमा सुरु भएका अधिकाशं योजनाहरु सम्पन्न् भएपनि बाँकी रहेका कतिपय योजनालाई पूर्णता दिनकैलागि आफुले पुन एक पटक उम्मेदवारी दिएको बताए ।

यस्तै बाँके क्षेत्र नं. १ को प्रदेश सभा (क) तर्फ माओवादी केन्द्रकी कृष्णा केसी नमुना र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका फुलाराम थारुले उम्मेदवारी दर्ता गराएका छन । माओवादी नेतृ केसी पनि २०७४ सालको प्रदेश सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १० : ०६ बजे

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति