१३ पुस २०८२, आइतबार | December 28, 2025

बुटवलमा मेयर उम्मेदवार पाण्डेले गरे मतदान

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार खेलराज पाण्डेले मतदान गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेस उम्मेदवार पाण्डेले बुटवल ८ सडक डिभिजन मतदान केन्द्रबाट मतदान गरेका हुन् । अहिले बुटवलका विभिन्न मतदान केन्द्रहरुमा मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन् ।