काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कमार्चार्यले जहिले पनि सही विचारका आधारमा कम्युनिष्ट आन्दोलनको पक्षपोषण गर्दै आएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य कर्माचार्यको जन्म शताब्दीका अवसरमा आज यहाँ आयोजित साङ्गीतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर्माचार्य अत्यन्तै सरल, निष्ठावान, क्रान्तिकारी विचारप्रति…