२९ असार २०८३, सोमबार | July 14, 2026

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । गृहजिल्ला म्याग्दी गएका पुनले आज निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका हुन् । उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । पुन स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका छन् । उनलाई रास्वपाले…