बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेलाई स्थानीयतहमा जिताउन भारतीय संस्थापन पक्षको सहयोग रहने बताएका छन् । राष्ट्रिय जनमोर्चाको घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भारतीय गुप्तचर प्रमुख सामन्त गोयलसंगको भेट भएदेखि नै एमालेले हिन्दुधर्म बोकेर हिंड्न थालेको आरोप लगाए । उनले एमालेको हिन्दुधर्मको लाईन र राजाबादीहरुको लाईन मिल्न गएको टिप्पणी गर्दै…