भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको आवरणमा भइरहेका व्यापक भ्रष्टाचार र मानव बेचबिखनका मुद्दालाई थप प्रभावकारी ढंगमा उजागर गर्ने रणनीति तय गरेको छ। बुधबार भैरहवामा बसेको पार्टीको संसदीय दलको बैठकले यो निर्णय गरेको हो। बैठकमा चालु संसदिय अधिवेशनमा पार्टीका सांसदहरूले उठाएका जनसरोकारका विषयहरूबारे समीक्षा गर्दै भिजिट भिसा र मानव बेचबिखनका विषयलाई सदन…