काठमाडौ । आउँदो वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने क्यान इन्फोटेकको मुख्य प्रायोजक आइएमई पे बन्ने भएको छ । ६ दिनसम्म संचालन हुने उक्त मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे बन्ने भएको हो । हालै राजधानी काठमाडौँमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी दिइएको हो…