१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

आइएमई पे एपबाट हवाई टिकट बुक गर्दा सुनको सिक्का पाइने



काठमाडौ। आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।

आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली बिजेताले एउटा चाँदीको सिक्का पनि जित्न सकिनेछ ।

उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुन पुगेको छ । आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन नै रोज्छन् ।

यस्ता यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ । अझ बढी यात्रुहरुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस योजना सार्वजनिक गरेको हो ।

यस योजनालाई संचालन गर्नका लागि कम्पनीले केहि निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । जस अनुसार, आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुनेछन् ।

आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक दिन १ भाग्यशाली बिजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नुहुनेछ । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक हप्ता ५ भाग्यशाली बिजेताले १ चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक १५ दिनमा १ भाग्यशाली बिजेताले १ सुनको सिक्का बम्पर उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ६ : २३ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले