८ बैशाख २०८१, शनिबार | April 20, 2024

अन्नपुर्ण केबुलकार चढ्दा माछापुच्छ्रे बैंकका ग्राहकले १०% छुट पाउने



काठमाडौ । अन्नपुर्ण केबुलकार चढ्दा माछापुच्छ्रे बैंकका गहकले १०% छुट पाउने भएका छन् ।

पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० % छुट दिने गरि व्यवसायिक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा अन्नपुर्ण केबुलकार प्रा.लि. को तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा बैंकको तर्फबाट शाखा प्रमुख आलोक मान श्रेष्ठले हस्ताक्षर गरको छन् ।

अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउर्दै आई रहेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १०% सम्म छुट पाउनेछन् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगर देखि सारङ्खकोटसम्म रहेको छ ।

बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : २४ बजे

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले