१७ कार्तिक २०८३, मंगलबार | November 4, 2026

दुई कार्यक्रमका लागि कोरियाले दियो दुई अर्ब अनुदान सहायता

काठमाडौं । नेपाल र कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीको स्थिर पुनःएकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्रालयमा शुक्रबार आयोजित समझदारीपत्रमा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले हस्ताक्षर गरेका छन् । कोरियाबाट नेपाल फर्कने कामदारको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने…