काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने खेलका निम्ति भएको टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोज्दै चितवनलाई ब्याटिङमा निम्त्याएका हुन् । प्रतियोगितामा कर्णाली पहिलो जितको खोजीमा छ । कर्णाली यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग…