नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ आइतबार नेपालगञ्जमा सम्पन्न भएको छ। पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा ओलम्पियन तथा समाजका सल्लाहकार सुरेन्द्र हमाल, सल्लाहकार गोबर्धन सिंह…