काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर सिक्स चरणमा प्रवेश गरेको छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो । जितका लागि १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८…