६ श्रावण २०८३, बुधबार | July 23, 2026

समूह विजेता बन्न आज नेपाल र जापान आमने-सामने



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरातमा हुने यो खेलले समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

नेपाल र जापान दुवैले एक-एक खेलमा जीत हासिल गर्दै पहिल्यै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरिसकेका छन् । त्यसैले आजको खेल दुवै टोलीका लागि ‘सुपर सिक्स’मा अतिरिक्त अंकसहित अगाडि बढ्ने अवसर हुनेछ ।

बिहीबार भएको समूह ‘बी’ को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोली (नेपाल र जापान) को ‘सुपर सिक्स’ स्थान पक्का भएको हो । त्यससँगै लगातार हार बेहोरेको कुवेत प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा नेपालले कुवेतलाई सात विकेटको क्षतिमा १४१ रनमा रोक्दै १८ ओभर १ बलमै ८३ रनमा अलआउट गरी ५८ रनको सानदार जित निकालेको थियो ।

उता, जापानले पनि बिहीबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कुवेतले दिएको १७८ रनको लक्ष्य १९ ओभर ३ बलमै पूरा गरेको थियो । त्यसैले जापानलाई कमजोर प्रतिद्वन्द्वी ठान्नु नहुने चेतावनी नेपाली टिमले लिनुपर्ने देखिन्छ ।

नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिँदैछ, किनभने छनोट प्रतियोगिताअघि उसले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जित्दै र ओमान तथा कतारविरुद्धको अभ्यास खेलमा शतप्रतिशत नतिजा निकाल्दै आत्मविश्वास बढाएको छ ।

आजका अन्य खेलहरू

आइसीसी पुरुष टी-२० विश्वकप छनोट अन्तर्गत आज तीन खेल हुँदैछन् ।

पहिलो खेलमा बिहान ११:४५ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स आमने-सामने हुनेछन् ।

दोस्रो खेलमा दिउँसो ४:१५ बजे नेपाल र जापान भिड्नेछन् ।

त्यस्तै, तेस्रो खेलमा राति ८:४५ बजे ओमान र पपुवा न्यूगिनी (पीएनजी) खेल्नेछन् ।

सुपर सिक्स चरणबाट शीर्ष तीन टोली आगामी टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ३२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क