काठमाडौं । भुटानको थिम्पुमा बुधबारदेखि सुरु हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत र बंगलादेश सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई-दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने…