भैरहवा । रुपन्देहीको भैरहवामा १२ औं संस्करणको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगितामा न्यु मुन एकेडेमी र एभरेष्ट स्कूल विजयी भएका छन् । न्यु मुनले न्यु लाइट सेकेन्डरी स्कूललाई ८ विकेट र एभरेष्टले मुनलाइट इङ्गलिस बोर्डिङ स्कूललाई ४ विकेटले पराजित गरेको छ…