काठमाडौं । घरेलु टोली श्रीलंकाले चाैथाे एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई ४ रनले हराउंदै एक खेल अगावै शृंखला आफ्नो नाममा लेखाएको छ । मंगलबार राति कोलम्बोमा जितसँगै श्रीलंकाले पाँच खेलको शृंखलामा एक खेल अगाबै ३-१ ले जितेको हो । श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियालाई हराएको हो । श्रीलंकाले दिएको २५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५०…