काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध टस हारेको छ । स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डका कप्तान रिची बेंरिग्टनले टस जितेर ब्याटिङ रोजेका हुन् । स्कटल्याण्डले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो । नेपाली टोलीमा एक परिवर्तन भएको छ । नेपालले बिहिबार नेदरल्याण्ड्ससँग खेलेको टिमबाट करण केसीलाई आराम दिदै रिजन ढकाललाई…