काठमाडौं । राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध कानुनी उपचार खोज्दै निर्वाचन आयोग पुगेका छन्। गिरीले आफूलाई पार्टी उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट निष्कासन गरिएकोप्रति आपत्ति जनाउँदै त्यसलाई स्वेच्छाचारी र विधानविपरीतको कदम भनेका छन्। गिरीले आयोगमा निवेदन दिँदै भनेका छन्, “पार्टीको विधानविपरीत मलाई न उपाध्यक्ष बनाइयो, न केन्द्रीय सदस्य रहने ठाउँ दिइयो।…