२८ असार २०८३, आइतबार | July 13, 2026

तिलोत्तमामा कांग्रेसका खाँणलाई पछि पार्दै एमालेका चापागाईंको अग्रता

बुटवल । रुपन्देहीको तिलोत्तमामा लामो समयदेखि अग्रता लिइरहेका गठबन्धनको तर्फबाट मेयर पदका कांग्रेस उम्मेदवार रामकृष्ण खाँणलाई शुक्रबार बिहान देखि पछाडि पार्दै एमाले उम्मेदवार मोहन चापागाईंले अग्रता लिएका छन् । तिलोत्तमा नगरपालिकाको १५२६१ मतको गणना हुँदा एमाले उम्मेदवार चापागाईंको ५९९३ मत आएको छ भने उनलाई कांग्रेस उम्मेदवार खाँणले ५८५६ मतका साथ पछ्याईरहेका छन् । उनीहरुको मतान्तर…