३० असार २०८३, मंगलबार | July 14, 2026

गठबन्धन आउँदो चुनावसम्मै रहन्छ : माधव नेपाल



पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताएका छन् ।

पोखरामा पुष्पलाल स्मृतिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनमा आबद्ध सबै दल आगामी निर्वाचनसम्म निरन्तरता दिन तयार रहेको बताए ।

‘विगतका कुरालाई सुधार गरेर आगामी दिनमा नदोहोरिने गरी लाग्छौं । आगामी दिनमा नदोहोरियोस् भनेर माओवादीका नेताले भनिरहनुभएको छ । कसैले अन्य ढंगले कुरा गरिरहेका छन्,’ उनले भने, ‘नेपाली कांग्रेसले कतिको महसुस गर्छ, हेर्न बाँकी छ । गठबन्धन टुट्नेवाला छैन । आउने चुनावसम्म गठबन्धन कायम रहन्छ । यसको निम्ति आफ्नो तर्फबाट बहस गर्नुपर्छ ।’

उनले राम्रो ठाउँमा आफैँ लिएर उब्रेको ठाउँमा मात्रै दिने सोच कुनै पार्टीले गरे टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । ‘सबै सिट आफैँ लिउँला उब्रेको मात्रै दिउँला भनेर कुनै पार्टीले सोच्छ भने हामी टुलुटुलु हेरेर बस्नेवाला छैनौं,’ उनले भने, ‘आफ्नो शक्तिमा अडिएर अगाडी बढ्छौं । शक्ति बनाउने कुरामा आवश्यक समयमा भ्रम चिर्नुपर्छ ।’

नेपालले पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी दक्षिणपन्थी रूपमा भासिएपछि विद्रोह गरेको सम्झँदै आफूले पनि अप्ठेरो परेपछि विद्रोह गरेको बताए । ‘हामीले २०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले निकै राम्रो स्थान हासिल गरेको थियो । त्यसपछि दुई तिहाइ बहुमत पाएको थियो । यसलाई उपयोग गरेको भए कम्युनिस्ट पार्टी अत्यन्तै लोकप्रिय हुने थियो,’ उनी भन्छन्, ‘अहिलेको स्थानीय निर्वाचनमा धेरै सिट जितेको हुन्थ्यो । तर त्यो सबै बिगारेको एमाले नेता केपी ओलीले हो ।’

ओलीले पार्टीमा छलफल बन्द गरेपछि विद्रोह गरेर नयाँ गठबन्धन बनाएको उनको भनाई छ । ‘जब पार्टीमा छलफल बन्द गर्नुभयो, आफूलाई केन्द्र विन्दुमा राख्नुभयो, म नै पार्टी हुँ भन्ने सोचेपछि अहंकार बढेपछि अस्तित्व रक्षाका लागि एमसीसी उहाँले ल्याउनुभयो । भारतलाई खुसी पार्न नेपालको छापिएको नक्सा रोक्नुभयो,’ नेपालले भने, ‘नेपाललाई भारत सहितका विभिन्न देशहरूको संयुक्त सैन्य अभ्यासमा सहभागी गराउन भूमिका खेल्नुभयो । त्यसका विरुद्ध हामीले जुध्नुपर्‍यो । उहाँलाई चित्त बुझेन, सांसदलाई भंग गर्नुभयो । त्यसपछि हामी सडकमा उत्रिनुपर्‍यो, आवाज उठाउनुपर्‍यो । माहौल हाम्रो पक्षमा आयो । एकताबद्ध भएको पार्टीलाई सर्वोच्चको आदेशमा अलगअलग बनायो । संविधान जोगाउन, प्रतिगमन रोक्न र संघीयताको खतरा रोक्नका लागि विद्रोह गर्नुपर्‍यो । ५ दलीय गठबन्धन बनाउनुपर्‍यो ।’

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : २० बजे

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च