काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विभिन्न १३ विद्यार्थी संगठनहरुले अर्थ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छन । विद्यार्थी संगठनले पहिलो चरणको आन्दोलन अन्तर्गत आज (मंगलवार) अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई ज्ञापनपत्र बुभाउन लागेका हुन । विद्यार्थी संगठनले बुधवार बिहान आयल निगमको…