२६ जेष्ठ २०८०, शुक्रबार | June 9, 2023

खजुरा गाँउपालिकाको पहिलो बैठक : वडाबाटै सामाजिक सुरक्षा भत्ता, अभिभावक बिहिन बालबालिकाको जिम्मा गाँउपालिकाले लिने



खजुरा । खजुरा गाँउपालिकाको पहिलो बैठकले पालिकाले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठले पालिकाबाट बुझ्दै आएको सामाजिक सुरक्षा भत्ता बेंकहरुको समन्वयमा वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले दिर्घरोगी र जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण निशुल्क र घरघरमै पुगेर गर्ने निर्णय गरेको पालिकाका नवनियुक्त प्रवक्ता धनराम ओलीले जानकारी दिए । ओलीका अनुसार बैठकले खजुरामा अभिभावक बिहिन बालबालिकाको पहिचान गर्ने र गाँउपालिकाले उनीहरुको अभिभावकत्व ग्रहण गर्ने पनि निर्णय गरेको छ । शहरिकण बढेसँगै गाँउपालिकामा फोहोर व्यवस्थापनको समस्या देखिन थालेको भन्दै बैठकले प्रवक्ता ओलीको संयोजकत्वमा फोहर व्यवस्थापनका लागि (ल्याण्डफिल साईड) जग्गा खोजि गर्न समिति गठन गरिएको छ ।

सोमबार बसेको बैठकले वडा नम्बर २ का वडा अध्यक्ष धरराम ओलीलाई गाँउपालिकाको प्रवक्ता तोकेको थियो । स्थानीय तह निर्वाचनमा एमालेका सुमन मल्ललाई हराउँदै १०७९० मतका साथ गठबन्धनबाट माओवादी उम्मेदवार डम्बर विक तुफान र १००३४ मत सहित कांग्रेस उम्मेदवार मन्जु मल्ल विजयी भएपछि पालिकाको पहिलो बैठक सोमबार बसेको हो ।

खबुरकुरासंग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष तुफानले घोषणापत्रमा उल्लेख भएका विषयहरु क्रमशः पुरा गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ९ : ०६ बजे

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

पोखरा । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला

अझै केही दिन देशभर तापक्रम बढ्ने, यस वर्ष बर्षा पनि कम हुने

काठमाडौं । देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले