१२ जेष्ठ २०८३, मंगलबार | May 27, 2026

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगमा बयान दिन अस्वीकार गर्ने अडान दोहोर्‍याउँदै आयोग र वर्तमान सरकारप्रति कडा असन्तोष व्यक्त गरेका छन्। हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’ मा अन्तर्वार्ताका क्रममा ओलीले प्रधानमन्त्री र आयोगका अध्यक्षले छानबिन सुरु हुनुअघि नै निष्कर्ष सुनाइसकेको दाबी गर्दै त्यस अवस्थामा बयान दिनुको कुनै औचित्य नरहेको बताएका…