काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले रोष्टम अगाडि आएर प्रदर्शन गरेका छन् । सभामुख सापकोटाले सभाको बैठकमा भइरहेको नियमित अवरोधले संसदको काम कारबाहीमा समस्या परेको र संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय…