काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी शुक्रबार संयुक्त राष्ट्रसंघको ७५ औं महासभालाई सम्बोधन गर्नेभएका छन् । अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको ७५औं महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । राष्ट्रसंघ महासभा अन्तर्गतका उच्चस्तरीय सत्रहरु आजैबाट प्रारम्भ भएका छन् । प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले महासभामा अप्रत्यक्ष रूपमा भाग लिनेछ…