१५ मंसिर २०७९, बिहिबार | December 1, 2022

निर्वाचन आयोगमा ओलीको सेटिङ भत्किँदैछ, पार्टीको आधिकारिकता र सूर्य चिन्ह हामी नै पाउँछौं : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले पार्टीको आधिकारिक मान्यता आफुहरुलाई नै दिने बताएका छन् ।

पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणा सभालाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले कानुन, विधि र स्थापित मान्यतालाई ख्याल गर्दै आफुहरुलाई नै आधिकारिता प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् । प्रचण्डले सूर्य चिन्ह पनि आफुहरुले नै पाउने दाबी गरे ।

प्रचण्डले भने, ‘अहिले पनि निर्वाचन आयोगसँग भएको पटक–पटक छलफल, जनभावना र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा पार्टीको मान्यता हामीले पाइ नै सक्यौं । सूर्य चिन्ह हामीले पाइ नै सक्यौं । अब खाली घोषणा हुन बाँकी मात्रै हो । आयोगले घोषणा गर्ने विश्वास छ ।’

प्रचण्डले ओलीले बनाएका सेटिङहरु भत्किँदै गएको जनाउँदै निर्वाचन आयोगमा गरेको सेटिङ पनि भत्किने बताए । प्रचण्डले दाबीका साथ भने, ‘अर्को सेटिङ पनि भत्किँदै छ । हेर्नुहोला । मैले त्यत्तिकै भनेको होइन । बुझेरै भनेको हो । केही समयभित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव छैन । आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिन्ह र नाम उहाँहरुको हो भन्ने निर्णय हुन्छ ।’

प्रचण्डले आधिकारिक पार्टीमा समाहित हुन अलमलमा रहेका र सूर्य चिन्हको आशमा बसेका नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

सबैतिरबाट पराजित हुँदै गएपछि ओलीले जथाभावी बोल्दै हिँडेको प्रचण्डले आरोप लगाए । ओली बेइमान पात्रको रुपमा देखिएको पनि प्रचण्डले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : २० बजे

स्याङ्जामा पद्मालाई धनराजले उछिने

स्याङ्जा । शुरुवाती अग्रतालाई पछाडि पार्दै स्याङ्जामा कांग्रेस ृम्मेदवार धनराज

सत्ता पक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधानिकता दियो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तापक्षले गरेको धाँधलीलाई

प्रतिनिधिसभामा महिला र दलितको उपस्थिति कमजोर

काठमाडौं । प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर

सुनसरी-४ को मतगणना रोचक मोडमा, कुसियैतसँग कार्कीको २७ को मात्र मतान्तर

काठमाडौं । सुनसरी क्षेत्र नम्बर(४ को मतगणना रोचक मोडमा पुगेको

पठन संस्कृतिको विकासका लागि प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

काठमाडौं । पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि