काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकमा यसअघि सम्पन्न स्थायी कमिटी बैठकमा भएको छलफलका आधारमा निर्णय गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार आगामी भदौ २१ गतेदेखि सुरु हुने मध्यपहाडी लोकमार्ग जागरण अभियानसम्बन्धी बाँकी विषयमा टुंगो लगाइनेछ । यस्तै, हालै एकतामा…