काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोलि बस्नेभएको छ । कार्यवाहक सभापति डीपी अर्यालले बिहिबार दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेका छन् । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रबारे छलफल हुने कार्यवहाक प्रवक्ता मनीष झाले जानकारी गराए । उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।