काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘ग्रीन रन’ आयोजना गरेको छ। कार्यक्रममार्फत कांग्रेसले जलवायु सचेतनासँगै विस्थापित सुकुम्बासी परिवारका लागि ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने घोषणा पनि गरेको छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा ‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित यूएन पार्कबाट…