काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ। शर्माका अनुसार देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा उक्त भेटघाटमा छलफल भएको थियो । सो भेट देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको भए पनि थप विवरण अरु खुलाईएको छैन । यसअघि, मध्यपहाडी लोकमार्ग अभियानको सुरुवात गर्न बैतडी जानेक्रममा डडेलधुरा…