काठमाडौं। संघीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ। संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको छ। बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको छ। साथै, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…