काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध बिहीबार सर्वोच्चमा रिट पेस गरेका हुन् । हिजो बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ९ महिनादेखि राष्ट्रपति कार्यालयमै अलपत्र अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले दुई दुई…