काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्यो । बिहिबारदेखि सुरु भएको बैठकमा आज ४५ जना केन्द्रीय सदस्यहरुले पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीति विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए । आजको बैठकमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, जीपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद…