१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नयाँ गठबन्धनलाई समर्थन गर्न र सरकारमा सहभागी हुन अन्य दललाई एमालेको आग्रह

७५औं पार्टी स्थापना दिवस भव्य मनाउने 



काठमाडौं । नेकपा एमालेले नयाँ गठबन्धनलाई समर्थन गर्न र सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

नया सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेको आज बसेको सचिवालय बैठकले गठबन्धनमा सहभागी हुन अन्य दलहरुलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि महासचिव शंकर पोखरेलले संचारकर्मीसँग सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रुपमा लिँदै सत्ता सहकार्य मुलुकको स्वाधिनता, विकास र समृद्धिको पक्षमा फलदायी हुने विश्वास राखेको बताए । उनले भने, ‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ ।’

बैठकले पार्टी स्थापनाको ७५ औं वर्षगाँठको अवसरमा वैशाख १० गते विशेष कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद आयोजना गर्ने तथा वैशाख १० गते स्थापना दिवसको कार्यक्रम आयोजना गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ११ : ४२ बजे

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई