३० बैशाख २०८१, आइतबार | May 12, 2024

राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

नेता अर्जुन नरसिंह केसीका अनुसार बैठकले राष्ट्रियसभाको अध्यक्षमा सहयोगका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ । उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवारका विषयमा भने आज निर्णय भएको छैन।

माओवादीसँगै गठबन्धन कायम रहेको अवस्थामा कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने योजना बनाएको थियो । तर, नयाँ गठबन्धन बनेपछि फेरिएको परिस्थितिमा सो गठबन्धनसँग राष्ट्रियसभामा स्पष्ट बहुमत रहेको छ । नयाँ गठबन्धनका दलहरुबीच अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवार उठाउने सहमति भैसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १२ : २२ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को