बुटवल । राष्ट्रिय जनमोर्चा संघीयताविरुद्व देशभर विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले शुरुदेखि संघीयताको विरोध गर्दै आएको छ । संघीयता विरुद्वको आन्दोलनलाई देशव्यापी रुपमा थप शसक्त बनाउनका लागि सोमबार देशभर विरोध प्रदर्शन गरिएको सो पार्टीका नेताहरुले बताएका छन् । सोमबार रुपन्देहीको बुटवलमा संघीयता खारेज, मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो ।…