काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय स्कूल विभागको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्रले अर्थशास्त्र लगायत विषयमा आफ्ना नेताहरूलाई प्रशिक्षण तालिम आयोजना गरेको हो। ७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट १५७ जनालाई तालिम दिन थालिएको हो। मंगलबार माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तालिमको उद्घाटन गरेका छन्।…