बिराटनगर । नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् ।पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा उनी पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार उनलाई बुधबार बिहान मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो । सेवा आयोगका अध्यक्ष प्रा.डा. दाहालमाथि सोमबार नेविसंघका कार्यकर्ताले…