काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन भारतसँग कूटनीतिक पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। सोमबार प्रधानमन्त्री शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग गरेको छलफलमा सहभागी पुनले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक हवाई मार्गको विषयमा भारतसँग तत्काल संवाद अघि बढाउन ढिलाइ गर्न नहुने बताएका हुन्।…