काठमाडौं । नेकपा एकीकृत समाजवादीले महंगी नियन्त्रण गर्न माग गर्दैै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् । उनको ज्ञापनपत्रमा महंगी बढेर जनतालाई बाँच्न धौ धौ भैरहेको उल्लेख गरिएको छ । देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख…