७ पुस २०८२, सोमबार | December 22, 2025

प्रतिनिधिसभामा माओवादीको खुल्यो खाता, सिन्धुली-२ बाट लेखनाथ दाहाल विजयी

काठमाडौं । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले बल्ल खाता खोलेको छ । सिन्धुली जिल्लाबाट माओवादीको खाता खुलेको हो । सिन्धुली क्षेत्र नंं २ बाट माओवादीका लेखनाथ दाहाल ६ हजार १ सय मतले विजयी भएका छन् । दाहालले एमालेका मनोजजंग थापालाई पराजित गरेका हुन् । दाहालले २७५१७ र उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१६८७ मत ल्याए ।…