८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गरेका छन् ।

एमाले पार्टी मुख्यालयमा आजदेखि सुरु भएको स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिने अनुशिक्षण कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई दोष देखाउन खोजेको भन्दै यसमा एमालेको संलग्नता नरहेको बताए ।

“एमाले यस्ता कुरामा संलग्न छैन । एमाले सधैँ भ्रष्टाचारको विरोधी गर्छ”, उनले भने, “एमाले स्वच्छता, पारदर्शी र सुशासनको पक्षमा रहेको छ । तर एमालेलाई बदनाम गर्न खोजियो ।” उनले एमाले विरुद्ध संसद्मा आधारहिन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले संसद् अवरुद्ध गरिएको बताए । “संसद्मा बोलेका कुराको पुष्टि हुनुप¥यो । पुष्टि हुने सम्भावना छैन”, उनले भने ।

अध्यक्ष ओलीले पार्टी अहिले चौतर्फि घेराबन्दीमा परेको बताए । “नेपालीलाई भुटानी बनाएर विदेश पठाउने धन्दामा केही व्यक्ति सामेल भएका छन् । अहिले यसमा को संलग्न छ ? अदालतमा मुद्दा परेको छ म भन्न चाहन्न”, उनले भने, “तर भुटानी शरणार्थी प्रकरणको सबै दोष एमालेतर्फ खन्याउन खोजियो ।”

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाए । “मेरा नजिकका मानिसलाई कसरी पोल्न, लेख्न र मुछ्न लगाउने काम भइरहेको छ”, उनले भने, “एमालेका विरुद्ध अनेक प्रकारका हिलो छ्याप्ने, आरोपित गर्ने प्रयास भइरहेका छन् ।”

उनले आफू माथि भौतिक आक्रमण हुँदा सरकारले आक्रमण गर्नेलाई कारबाही नगरेको आरोप लगाए । उनले स्थानीय तहका प्रतिनिधिलाई एमालेको प्रतिनिधि जस्तो भएर काम गर्न आग्रह गरे । “आचरण, बानी, व्यवहार, शैली सबै कुरा एमाले जस्तो अगाडि बढ्न आग्रह गर्दछु”, उनले भने, “कामले सफलता हामीले सफलता हासिल गर्नुपर्दछ ।”

भोलिसम्म सञ्चालन हुने प्रशिक्षणमा आज पहिलो दिन स्थानीय तहको कार्यक्षेत्र, कार्यक्रमको प्राथमिकीकरण र बजेट तर्जुमा विषयमा नेपाल सरकारका पूर्वसचिव शिशिरकुमार ढुङ्गाना, स्थानीय तहमा सुशासन, सेवा प्रवाह र जनशक्ति व्यवस्थापन विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका पूर्वकार्यकारी निर्देशक विमल पोखरेल, स्थानीय तहको स्रोत परिचालन, वैकल्पिक लगानी र विकास व्यवस्थापन विषयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रशिक्षण दिएका छन् ।

अनुशिक्षणमा एमालेले नगरप्रमुख ८३ र उपप्रमुख ११५ तथा गाउँपालिका अध्यक्ष एक सय २३ र उपाध्यक्ष एक सय २६ सहभागी छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ९ : ०४ बजे

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध